एमाले अवरोधबीच प्रतिनिधि सभाबाट चार अध्यादेश स्वीकृत

[sharethis-inline-buttons]

काठमाडौं – प्रमुख प्रतिपक्ष एमालेको विरोधका बीच प्रतिनिधि सभाबाट चार अध्यादेश स्वीकृत भएको छ। गृहमन्त्रीको तर्फबाट सूचना तथा सञ्चार, प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बुधबारको बैठकमा पेस गरेका चार अध्यादेश स्वीकृत भएको हो। बैठक सुरु हुनासाथ एमाले सांसदहरुले विरोध थाले पनि सभामुख अग्निप्रसाद सापकोटाले सदनको कामकारबाही अगाडि बढाएका थिए।

त्यसक्रममा चारवटा अध्यादेश पेस भइ स्वीकृत भएका हुन्। बैठकमा चारवटै अध्यादेशमाथि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोधको सूचना प्रस्तुत गरेका थिए । तर सो प्रस्ताव बहुमतबाट अस्विकार भएको थियो।


प्रकाशित : २०७८ पुष ७ बुधबार