काठमाडौँ – बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणका मुख्यअभियुक्त रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदी पक्राउ परेका छन् । लामो समयदेखि फरार रहेका उनीहरूलाई हिजो मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौँका छुट्टाछुट्टै ठाउँबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता श्यामकुमार महतोले जानकारी दिए । माधवीलाई ताहाचल र रामकुमारलाई कमलादीबाट पक्राउ गरिएको महतोले जानकारी दिए ।
उनीहरूविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको थियो । यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
प्रकाशित : २०७८ पुष ७ बुधबार