
काठमाडौं । होन्डुरसमा पहिलो पटक राष्ट्रपतिमा महिला निर्वाचित भएकी छन् । अघिल्लो महिना नयाँ राष्ट्रपतिका लागि निर्वाचन भएको थियो । तर ढिला गरी मतपरिणाम आएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । जसअनुसार निर्वाचन आयोगले सियोमरा क्यास्ट्रोलाई नयाँ राष्ट्रपति निर्वाचित भएको घोषणा गरेको खबरमा उल्लेख छ । उहाँको कार्यकाल आगामी जनवरी २७ देखि सुरु हुने सन् २०२६ को जनवरी २७ सम्म हुनेछ ।
प्रकाशित : २०७८ पुष ७ बुधबार