समयमा नै उखुको खरिद मुल्य निर्धारण नहुँदा किसान मर्कामा

[sharethis-inline-buttons]

काठमाडौं । समयमा नै उखुको खरिद मुल्य निर्धारण नहुँदा किसान मर्कामा परेका छन् । मङ्सिरमा नै उखुको खरिद मुल्य निर्धारण हुनेपर्नेमा हालसम्म पनि मुल्य निर्धारण नहुदा उखु विक्रि गर्न किसानलाई समस्या परेको किसानहरुले बताएका छन् ।

उखु हुर्काउन बिउ, मल, मजदुर, सिचाइ नगदमै खर्च गर्ने किसानले उखु काटेर उद्योग सम्म पु¥याउन मजदुरलाई नगद ज्याला दिनु पर्छ । तर, उखु उब्जाउने किसानले चिनी उद्योगबाट कति रकम कहिले पाउने टुंगो छैन । चिनी उद्योगका उद्योगपति र किसान प्रतिनिधि बिच मुल्यमा बिचार नमिल्दा उखुको मुल्य निर्धारण हुन नसकेको कृषि तथा पशुपन्छि विकास मन्त्रालयले जनाएको छ ।

किसान प्रतिनिधि, चिनी उद्योगी र सरकारबीच मुल्यमा लगभग सहमति हुने अवस्था पुगेको र अबको केही दिनमै मुल्य निर्धारण गर्ने मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताउनुभयो । सरकारले उखुलाई नगदेबालीका रुपमा सूचीकृत गरेको छ । तर किसानले भने उखु बेचेर नगद पाएका छैनन् । उखुको मूल्य निर्धारणमा ढिलाइ तथा रकम पनि प्राप्त नहुँदा उखु खेती गर्ने किसानहरु पछिल्ला बर्षहरुमा घट्दै जान थालेका छन् । उखु किसानहरुले मुसुरो, रहर तथा तोरीको खेती गर्ने क्रम बढेको छ ।


प्रकाशित : २०७८ पुष ७ बुधबार