प्रदेश २ को नामकरण तथा राजधानी तोक्ने विषयमा छलफल सुरु

[sharethis-inline-buttons]

काठमाडौं । प्रदेश २ को सत्तारुढ दल जनता समाजवादी पार्टी नेपालले प्रदेशको नामकरण तथा राजधानी तोक्ने विषयमा विभिन्न दलसँग छलफल सुरु गरेको छ । जसपाका प्रदेश सांसद्हरूले प्रदेश २ माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरूसँग भेटेर छलफल गरेका छन् ।

जसपाले प्रदेशको नाम मधेस र राजधानी जनकपुर रहनुपर्ने प्रस्ताव गरेको छ । सो प्रस्तावमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका प्रदेश सांसदहरू सकारात्मक रहेको जसपाका कार्यकारिणी सदस्य एवं प्रदेश २ का प्रदेशसभा सदस्य मनिष सुमनले बताउनुभयो । माओवादी केन्द्र पनि यसबारेमा सहमत देखिएको छ ।


प्रकाशित : २०७८ पुष ७ बुधबार