विवेकशील साझा पार्टीले गर्‍यो संयोजक मिलन पाण्डेलाई पार्टीबाट निष्कासन

[sharethis-inline-buttons]

काठमाडौँ – विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई पार्टीबाट निष्कासनको गरेको छ । मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीको सदस्य समेत नरहने गरी पाण्डेलाई निष्कासन गर्ने निर्णय गरेको हो ।

विवेकशील साझाले पार्टीलाई लेखेको पत्रमा भनिएको छ, ‘तपाईंले प्रयोग गर्दै आउनुभएको पार्टीको नाम, लेटरहेड, छाप, चुनाव चिह्न तथा पार्टीसँग सम्बन्धित कुनै पनि सामग्री आजैका मितिदेखि प्रयोग नगर्न र गरेमा प्रचलित कानुन बमोजिम कारबाही अघि बढाइने जानकारी पनि गराइन्छ ।’

अध्यक्ष रवीन्द्र मिश्रले पार्टीलाई गम्भीर क्षति पुर्याउने गरी गतिविधि गरेको आरोप लगाउँदै पाण्डेलाई निष्कासनको घोषणा गरेका हुन् । यसअघि मिश्रले पाण्डेलाई सोधेको स्पष्टीकरणमा जवाफ चित्तबुझ्दो नआएको निष्कासन पत्रमा उल्लेख छ ।


प्रकाशित : २०७८ पुष ६ मंगलवार