सगुनको स्वरमा “तिमि सँगै” सार्वजनिक (भिडियो)

[sharethis-inline-buttons]

काठमाडाैं । सगुन शाक्यको स्वरमा रहेको “तिमि सँगै” को म्युजिक भिडियो सार्वजनिक भएको छ।नेपाली ताराको पहिलो सस्करणमा सहभागी हुनु भएका शाक्य वैदेशिक रोजगार एवं उच्च शिक्षा अध्ययन गर्ने क्रममा अस्ट्रेलियामा रहदै आउनुभएको छ।

गायक स्वयंले यस गितमा संगित दिनुभएको छ भने यसमा शब्द सन्तोष रेग्मीको रहेको छ।विजय मगरले निर्देशन गर्नुभएको यो म्युजिक भिडियोमा आदेश गुर्मछान र खुश्बु गुरुङको अभिनय देख्न सकिन्छ ।

दरबारमार्ग स्थित ” किंङ्स लाउञ्ज ” एक कार्यक्रम गरी सार्वजनिक गरिएको उक्त भिडियो सुवास साहले सम्पादन गरेका हुन्।सार्वजनिक गरिएको छोटो समयमा नै सकरात्मक प्रतिक्रिया आइरहेको र आम दर्शकहरुले मन पराइरहनु भएकोले यो म्युजिक भिडियोले विदेशमा बसे पनि नेपाली संगित प्रतिको लगाव अनि बिषेश परिस्थितिले सांगितिक क्षेत्रबाट बिश्राम लिएपनि अब निरन्तरता दिन हौसला मिलेको गायक शाक्यले जानकारी दिनुभयो ।


प्रकाशित : २०७८ पुष ६ मंगलवार