‘ए’ डिभिजनको पाँचौं चरणको सकियो, मनाङ शीर्ष स्थानमा

[sharethis-inline-buttons]

काठमाडौं । सहिद स्मारक लिग ‘ए’ डिभिजनको पाँचौं चरण टुङ्गिदा मनाङ मस्र्याङ्दी दोहराएर शीर्ष स्थानमा उक्लेको छ । मनाङ १३ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । यसअघि तेस्रो चरणको समाप्तीमा पनि मनाङ शीर्ष स्थानमा थियो । पाँचौं चरण टुङ्गिदा चार टिम अझै अपराजित रहेका छन् । मनाङ, डिफेन्डिङ च्याम्पियन मछिन्द्र, आर्मी र सङ्कटा अपराजित रहेका छन् ।

पाँचौ चरण आइपुग्दा तीन टिमले पहिलो जित निकाले, हिमालयन शेर्पा, जावलाखेल र एपीएफले । अब फ्रेन्ड्स नै त्यस्तो एक मात्र टिम रहेको छ, जसको खातामा जित छैन् । यो चरणसम्म आइपुग्दा आठ टिम एकै जितमा सीमित छन् ।

अहिलेसम्म कुल ३५ खेल भएकोमा २१ मा स्पष्ट नतिजा आएको छ । बाँकी १४ खेल भने बराबरीमा टुङ्गेको छ । पाँचौं चरणमा २८ पहेँलो कार्ड देखाइएको छ । यो अहिलेसम्मकै सबैभन्दा हो । समग्रमा प्रतियोगितामा १ सय ५ पहेँलो कार्ड र एक रातो कार्ड देखाइएको छ ।


प्रकाशित : २०७८ पुष ६ मंगलवार