जनगणना २०७८ को अन्तिम तथ्याङ्क आउन ६ महिना लाग्ने

[sharethis-inline-buttons]

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क सार्बजनिक हुन ६ महिना लाग्ने केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । हाल देशभरबाट सङ्कलन गरिएका तथ्याङ्कको फारम केन्द्रसम्म ल्याउने काम भइरहेको विभागका निर्देशक ढुण्डीराज लामीछानेले बताउनुभयो ।

देशभरबाट फारम सङ्कलन कार्य अबको २ दिन भित्रै सकिने र पुस १५ गतेबाट तथ्याङ्क प्रविष्ट गर्न सुरू गरिनेछ । तथ्याङ्क प्रविष्ट गर्ने काममा करिब ५ देखि ६ महिना लाग्नेछ तर माघ महिनाभित्रमा प्रारम्भिक तथ्याङ्क सार्वजनीक गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो ।

प्रारम्भीक तथ्याङ्कमा पुरुष महिलाको जम्मा तथ्याङ्क, घर सङ्ख्या, परिवारको सङ्ख्या र विदेश गएका नागरिकहरूको सङ्ख्या रहने विभागले जनाएको छ ।


प्रकाशित : २०७८ पुष ६ मंगलवार