माओवादी केन्द्रको वागमती प्रदेश नेतृत्व निर्वाचनबाट छनोट

[sharethis-inline-buttons]

काठमाडौं । नेकपा माओवादी केन्द्र बागमती प्रदेशका पदाधिकारी निर्वाचनबाट छनोट भएका छन् । गएराति सकिएको निर्वाचनबाट अध्यक्षमा सिन्धुपाल्चोकका सरल सहयात्री पौडेल विजयी हुनुभएको छ । अध्यक्ष पदका अर्का प्रतिस्पर्धी दीनानाथ गौतमलाई उहाँले पराजित गर्नुभएको हो ।

उपाध्यक्षमा काठमाडौँका रुपा महर्जन, मकवानपुरका प्रेमबहादुर पुलामी र नुवाकोटका रामप्रसाद ढुङ्गाना निर्वाचित हुनुभएको छ । काभ्रेका इन्द्रबहादुर थिङ सचिव पदमा निर्वाचित हुनुभएको माओवादी केन्द्रले जनाएको छ ।

सह–सचिवमा भने धादिङका दलबहादुर बुर्लाकोटी, रसुवाका माधव लामिछाने र सिन्धुलीका प्रकाश श्रेष्ठ विजयी हुनुभएको छ । चितवनका सङ्गिता भट्टराई कोषाध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचन समितिले जानकारी दिएको छ ।

यसैबीच माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको तयारी लगभग पूरा भएको पार्टीले जनाएको छ । सम्मेलनमा भाग लिनको लागि देशभरबाट १५ सय प्रतिनिधि चयन भएका छन् । तर प्रदेश तहमा पदाधिकारी बन्न चाहनेहरूको सङ्ख्या धेरै भएकाले प्रदेश अधिवेशन भने लम्बिरहेको छ । प्रदेश २ मा पछि पदाधिकारी चयन गर्ने गरि कमिटी गठन भएको छ ।


प्रकाशित : २०७८ पुष ६ मंगलवार