काठमाडौं । कांग्रेस महिला खुलातर्फ केन्द्रीय सदस्यको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सोमबार साँझ सार्वजनिक अन्तिम मत परिणाममा डा. डिला संग्रौलाले सबैभन्दा धेरै २८८५ मत ल्याएर विजयी भएकी छन् । दोस्रो नम्बरमा पुष्पा भुसाल छिन् । उनी २७१८ मत ल्याएर विजयी भइन् ।
डा. आरजु राणा देउवा २५३६ मत ल्याएर विजयी भइन् । त्यसैगरी अम्बिका बस्नेत २३३९, ईश्वरी न्यौपाने २२५९ मत ल्याएर विजयी भएकी छन् । सरिता प्रसाईंले २०९६, रमा कोइराला पौडेलले १८५८, सुशीला ढकाल आचार्य १८०४ र रंगमती शाही १७८९ मत ल्याएर निर्वाचित भएकी छन् । महिला केन्द्रीय सदस्यतर्फ ९ पदका लागि ३० जनाको उमेदवारी परेको थियो ।
प्रकाशित : २०७८ पुष ६ मंगलवार