तराईका अधिकांश जिल्लामा शीतलहर सुरु

[sharethis-inline-buttons]

काठमाडौं । तराईका अधिकांश जिल्लामा शीतलहर सुरु भएको छ । शीतलहर सुरु भएसँगै चिसो बढेको छ । बढ्दो चिसोबाट बच्न जल तथा मौसम विज्ञान विभागले सचेत हुन आग्रह गर्दै आएको छ ।

पश्चिम तराईका कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रूपन्देही, नवलपरासी–पूर्व, नवलपरासी–पश्चिमका केही स्थानमा लागेको हुस्सु मध्याह्नसम्ममा हटेर जाने सम्भावना रहेको छ ।

मध्य तराईका चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषाका थोरै स्थानमा हुस्सु लागेको र मध्यान्ह सम्ममा हटेर जाने विभागले जनाएको छ । पूर्व तराईका सिराहा, सप्तरी, सुनसरी, मोरङ, झापाथोरै स्थानमा हुस्सु लागेको र मध्यान्हसम्ममा हटेर जाने सम्भावना रहेको विभागले जनाएको छ ।


प्रकाशित : २०७८ पुष ३ शनिबार