उच्च अदालत र जिल्ला अदालतमा माघ २ गतेदेखि गोला प्रक्रियाबाट पेसी तोकिने

[sharethis-inline-buttons]

काठमाडौं । आगामी माघ २ गतेबाट उच्च अदालत र जिल्ला अदालतमा पनि गोला प्रक्रियाबाट पेसी तोकिने भएको छ । हिजो बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले माघ २ गतेदेखि सबै उच्च र जिल्ला अदालतमा गोलाप्रक्रियाबाट पेसी तोक्ने निर्णय गरेको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले बताउनुभयो ।

उहाँका अनुसार पूर्ण बैठकले उच्च र जिल्ला अदालतमा गोला प्रक्रियाबाट पेसी व्यवस्थापन गर्न आवश्यक नियमावली, निर्देशिका र कार्याविधि तयार पार्न सर्वोच्च अदालत प्रशासनलाई निर्देशन दिएको छ ।

बैठकले गोला प्रक्रिया सुरु गर्नका लागि उच्च अदालत नियमावली २०७३ र जिल्ला अदालत नियमावली २०७५ मा गर्नुपर्ने संशोधन र गोला प्रक्रियाद्वारा पेसी व्यवस्थापन सम्बन्धी निर्देशिका बनाई पूर्ण बैठकमा पेस गर्न सर्वोच्च अदालत प्रशासनलाई निर्देशन दिने निर्णय भएको छ । यो निर्णयसँगै अब सर्वोच्च अदालतसहित उच्च र सबै जिल्ला अदालतमा पनि गोला प्रक्रियाद्वारा पेसी व्यवस्थापन हुने भएको छ ।


प्रकाशित : २०७८ पुष १ बिहीबार