
काठमाडौं । आज देशका विभिन्न ठाउँको मौसम घाम लाग्दै बादल लाग्ने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावले आज प्रदेश १, २, बागमती र गण्डकीको मौसम आशिंक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् मन्जु बासीका अनुसार यो प्रणालीको प्रभाव आज र भोलि नै पर्ने देखिएको छ ।
नेपाल प्रवेश गर्ने अर्को नयाँ प्रणालीले प्रभावले पर्सिबाट सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आशिंकदेखि सामान्य बदली गराउने र केही ठाउँमा हल्का वर्षा र हिमपात पनि हुने उहाँले बताउनुभयो । काठमाडौंको आज बिहानको तापक्रम ४ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जानकारी दिएको छ । यसअघि हिजो काठमाडौंको तापक्रम ४ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको थियो ।