प्रदेश न.२ को नामकरण र स्थायी राजधानी चाँडै टुङ्गो लगाउने मुख्यमन्त्री राउतको भनाई

[sharethis-inline-buttons]

काठमाडौं । प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको नामकरण र स्थायी राजधानी चाँडै टुङ्गिने बताउनुभएको छ । आजदेखि सुरु भएको प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले यही अधिवेशनले प्रदेशको नामकरण र राजधानीको टुङ्गो लाग्ने विश्वास दिलाउनुभयो । उहाँले प्रदेशको नामकरण नहुँदा आफूहरूलाई घोच्याउने गरेको विपक्षी दल र सरकारमा रहेका दलहरू घनीभूत बैठक गरेर टुङ्ग्याउनुपर्ने बताउनुभयो ।


प्रकाशित : २०७८ मंसिर २९ बुधबार