प्रदेश २ को प्रदेश सभा बैठकमा लोसपाको विरोध, २ वटा अध्यादेश पेश

[sharethis-inline-buttons]

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसदको विरोध गरेको छ । विरोधकाबीच प्रदेश २ को प्रदेशसभामा दुई वटा अध्यादेश पेश भएको छ । सामाजिक विकास मन्त्री नवलकिशोर साहले प्रदेश कृषि विश्वविद्यालय र प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेशसम्बन्धी अध्यादेश पेश गर्नुभएको हो ।

अध्यादेशको विरोध गर्दै लोकतान्त्रिक सभाजवादी पार्टीका सांसदहरूले प्रदेशसभा बैठक अवरुद्ध गरेका थिए । लोसपा सांसदको अवरोधका कारण १५ मिनेटका लागि बैठक स्थगित भएको बैठक सभामुख सरोजकुमार यादवले त्यसपछिको बैठकमा विरोधकैबीच अध्यादेश पेश गर्न दिनुभयो ।


प्रकाशित : २०७८ मंसिर २९ बुधबार