
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा अस्थिरता मच्चाउन प्रचण्ड र माधव नेपाल नै लागिपरेको आरोप लगाउनु भएको छ । बुधबार नबनियुक्त केन्द्रीय सदस्यहरूलाइ सपथ ग्रहण गराउने क्रममा अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड तथा नेकपा एसका अध्यक्ष माधब कुमार नेपालको आलोचना गर्नुभएको थियो । अध्यक्ष ओलीले शेयर बजारका विषयमा प्रचण्डले नयाँ थेसिस ल्याएको भन्दै व्यंग्य पनि गर्नुभयो ।
प्रचण्ड साम्राज्यवादको विकसित रूपबारे लेलिनभन्दा दुई स्टेप बढी जान्ने भएको टिप्पणाी पनि ओलीले गर्नुभयो । अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई अस्थिरताका सम्वाहकको संज्ञा दिनुभयो ।