थप २ सय ८० जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु

[sharethis-inline-buttons]

काठमाडौं । नेपालमा बुधबार २ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार २ सय १२ पिसिआर परिक्षणका क्रममा २ सय ५२ जना र २ हजार ७ सय ८२ एन्टीजेन परिक्षणका क्रममा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २० हजार ८ सय ८९ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ५ सय ६५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ३ सय जना निको हुँदा हालसम्म नेपालमा ८ लाख ७ हजार ८ सय १६ संक्रमित निको भएका छन् । हाल नेपालमा ५ हजार ६ सय ३५ सक्रिय सक्रमित आइशोलेशनमा रहँदा ९५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै पुस ४ गतेबाट बालबालिकालाई विद्यालयमै कोरोना–१९ विरुद्धको खोप लगाइने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले विद्यालयलाई खोप केन्द्र बनाई खोप लगाउने जानकारी दिए।उनका अनुसार १२ देखि १८ उमेर समूहका सबै बालबालिकाहरूलाई पुस १४ गतेसम्म मोडर्ना खोप लगाउने सरकारको लक्ष्य छ। सरकारले अमेरिकाबाट ३६ लाख ५१ हजार ६ सय डोज मोडर्ना खोप नेपालमा ल्याइसकेको छ।


प्रकाशित : २०७८ मंसिर २९ बुधबार