१९ वर्षमुनिको महिला फुटबलमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

[sharethis-inline-buttons]

काठमाडौं । साफ १९ वर्षमुनिको महिला फुटबल च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्दैछ । बंगलादेशको ढाकामा हुने यो खेल दिउँसो पौने ३ बजे सुरु हुनेछ । नेपालले पहिलो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको थियो । नेपाल १ खेलमा १ अङ्क जोडेर तालिकाको चौंथो स्थानमा छ ।

अहिलेसम्म दुई खेल खेलेको श्रीलङ्का भने अङ्क बिहिन छ । श्रीलङ्का पहिलो खेलमा भुटान र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो । च्याम्पियनसिपको तेस्रो खेलमा नेपालले भुटानसँग डिसेम्बर १७ अर्थात पर्सि शुक्रबार र अन्तिम खेल भारतसँगै डिसेम्बर १९ अर्थात आउँदो आइतबार खेल्नेछ ।

राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, भुटान, भारत र श्रीलङ्का सहभागी छन् । शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्ने छन् । फाइनल खेल डिसेम्बर २१ अर्थात आउँदो मङ्गलवार हुनेछ ।


प्रकाशित : २०७८ मंसिर २९ बुधबार