
काठमाडौं । नेकपा माओवादी केन्द्रलेसंसदमा भइरहेको गतिरोध हटाउन पहल गर्ने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले संसद्मा जारी गतिरोध हटाउन पहल गर्ने निर्णय गरेको हो । यसबीच बैठकले संसदीय बोर्ड गठन गरेको छ । बैठकले २१ सदस्यीय बोर्ड गठन गरेको माओवादीले जनाएको छ । बैठकले राष्ट्रिय सभा दलको प्रमुख सचेतकमा गोपी अछामी, सचेतकमा गंगा बेलबासे र सचिवमा रामनारायण बिडारीलाई चयन गरेको छ ।
प्रकाशित : २०७८ मंसिर २८ मंगलवार