आजको संसद बैठक पनि अवरोध गर्ने एमालेको तयारी

[sharethis-inline-buttons]

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजका लागि बोलाइएको संसदको बैठकमा विरोध कायमै राख्ने भएको छ । आफूहरूका माग पुरा नभएका कारण बैठकमा अवरोध कायमै राखिने एमाले नेता शेरबहादुर तामाङले बताएका छन्र । उनका अनुसार सरकारले आजको बैठकमा विभिन्न अध्यादेश प्रस्तुत गर्न थालेमा एमालेका सांसदहरूले विरोध जनाउने सहमति बनेको छ । आफ्नो पार्टीबाट निकालिएका सांसदलाई मदमुक्त गरिएको सूचना ननिकालिएको भन्दै एमालेले सभामुख अग्नी सापकोटाको भूमिकामा प्रश्न उठाउँदै आएको छ ।


प्रकाशित : २०७८ मंसिर २८ मंगलवार