
काठमाडौं । नेपाली कांग्रेसको सभापति चयनका लागि पुनः मतदान हुने भएको छ । मंगलबार बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवार पाँचौ जनाले ५१ प्रतिशत बहुमत नलिए पछि पुन मतदान हुने भएको हो । सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाए पनि निर्वाचित हुन आवश्यक बहुमत जुटाउन सकेनन् ।
हिजो भएको भएको मतदानमा ४६७९ मत खसेको थियो । मतपरिणम अनुसार देउवाले २२५८ मत प्राप्त गरे । उनलाई सभापति निर्वाचित हुन ८२ मत पुगेन । अर्का उम्मेदवार शेखर कोइरालाले १७४९ मत पाएका छन् । अब दोस्रो चरणमा सभापतिका लागि देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुनेछ ।तेस्रो स्थानमा रहेका प्रकाशमान सिंह, चौथो स्थानमा रहेका बिमलेन्द्र निधि र पाँचौ स्थानमा रहेका कल्याण गुरुङ भने सभापतिको दौडबाट बाहिरिएका छन् ।