बिमा र धितोपत्र बोर्डले अर्थतन्त्रमा टेवा पु-याएको छ : मन्त्री झाँक्री

[sharethis-inline-buttons]

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बिमा र धितोपत्र बोर्डले नेपालको अर्थतन्त्रमा टेवा पु-याएको बताएकी छिन् । सोमबार बिमा समितिको नयाँ भवनको शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले अर्थतन्त्र सुधारमा यी दुई क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएकी हुन ।

‘ हामीले पहिले देखि भन्दै आएको विषय हो नियमनकारी निकायको कामका लागि सबैभन्दा पहिले घर, सुरक्षा र अनुगमनको लागि जडित संयन्त्र चाहिन्छ, संयोगले अहिले त्यो बन्ने भएको छ ।’ उनले भनिन् ‘हामीले सुविधासम्पन्न र गुणस्तरयुक्त भवन निर्माण गर्ने प्रतिबद्धता गरेका छौँ, त्यो पूरा हुन्छ ।’

उनले नियमनकारी निकायले राम्रो वातावरणमा काम गर्न पाए मात्रै सोचेको नतिजा प्राप्त हुने भन्दै समयमै भवन निर्माणको काम पूरा गर्न पनि निर्देशन दिएकी छिन् ।


प्रकाशित : २०७८ मंसिर २७ सोमबार