बाल्टिक सागरमा दुई वटा मालवाहक जहाज ठोक्कियो, उद्धारको काम चल्दै

[sharethis-inline-buttons]

काठमाडौं । स्वीडेनको तटीय क्षेत्रमा रहेको बाल्टिक सागरमा दुई वटा मालवाहक जहाज ठोक्किएको छ । स्कट करियर जहाज र डेनमार्कमा पन्जीकृत भएको जहाज स्थानीय समय अनुसार बिहान पौने ५ बजे ठोक्किएको बीबीसीले जनाएको छ । जहाज ठोक्किँदा डेनमार्कमा पन्जीकृत भएको जहाज पल्टिएको छ ।

दुर्घटनापछि अहिले खोजी तथा उद्धारको काम सुरु भएको छ । अहिलेसम्म कोही पनि नभेटिएका प्रवक्ता जोनस फेन्सेनले बताउनुभयो । उहाँले अहिलेसम्म कोही नभेटिएको भन्दै गोताखोर खटाउने तयारी भएको बताउनुभयो । अहिलेसम्म दुर्घटनाको कारण खुलेको छैन । अध्यारो भएको र पानी निकै चिसो भएकाले खोजी र उद्धारमा समस्या भएको छ ।


प्रकाशित : २०७८ मंसिर २७ सोमबार