सेयर बजारमा पहिरो, १ सय अंकले घट्यो नेप्से

[sharethis-inline-buttons]

काठमाडौं । सोमबार सेयर बजार मापक परिसुचक (नेप्से) एक सय अंकले घटेको छ । आज कारोबार सुरु भएदेखि नै नेप्से निरन्तर ओरालो लागेको थियो । आज एक सय अंकले घटेको नेप्से यो वर्ष कै सबैभन्दा कम २ हजार २ सय ६६ विन्दूमा आइपुगेको छ ।

यसक्रममा अहिलेसम्म २ अर्ब ४० करोड रुपैयाँ बराबरको ५८ लाख कित्ता सेयर किनबेच भएको छ । आज कारोबार भएका सबै १३ वटै समूहमा गिरावट आएको छ ।


प्रकाशित : २०७८ मंसिर २७ सोमबार