
काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनस्थलमा प्रहरीले दुव्र्यवहार गरेको भन्दै आन्दोलित भएका पत्रकारहरुले धर्ना रोकेका छन् । कांग्रेस केन्द्रीय निर्वाचन समितिका प्रमुख गोपालकृष्ण घिमिरेले पत्रकारहरूसँग माफी मागेपछि पत्रकारहरूको धर्ना रोकिएको हो । उनीहरू काममा फर्किएका छन् । ‘हामीबाट गल्ती भयो, माफी दिनू’ पत्रकारमाझ आएर घिमिरेले माफी मागेका थिए । मतदान गरेको तस्बिर र भिडियो लिन खोज्दा सुरक्षाकर्मी र निर्वाचन समितिका सदस्यहरूले अवरोध गरेपछि फोटो पत्रकारहरुले क्यामेरा डाउन गरेका थिए।
प्रकाशित : २०७८ मंसिर २७ सोमबार