
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन गर्न मतदान जारी छ ।बिहान आठ बजेदेखि सुरु हुने भनिए पनि तीन घण्टाभन्दा ढिला मतदान सुरू भएको हो । साँझ ५ बजेसम्म मतदान गरिसक्ने कार्यतालिका छ ।
अहिले मतदानका लागि महाधिवेशन प्रतिनिधिहरु लाइनमा बसिसकेका छन् । भृकुटीमण्डपमा छिर्ने दुवैतर्फका सडकहरु र मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
गत शुक्रबारबाट भृकुटीमण्डपमा शुरु भएको महाधिवेशनमा हिजो उम्मेदवारको अन्तिम नामालवी प्रकाशित गरिएको थियो ।भृकुटीमण्डपमा दुई वटा र राष्ट्रियसभा गृहमा एउटा गरी जम्मा तीन ठाउँमा मतदानस्थल निर्माण भएको छ ।
प्रकाशित : २०७८ मंसिर २७ सोमबार