काठमाडौं । बेलायतमा कोरोनाको नयाँ उत्परिवर्तित स्वरुप ओमिक्रोनका कारण बिरामीहरू अस्पताल भर्ना हुन थालेका छन् । बेलायतका शिक्षा मन्त्री नदीम जहावीले राजधानी लण्डनमा पछिल्लो केहि दिनदेखि ओमिक्रोनका कारण सङ्क्रमित भएका बिरामीहरू अस्पताल भर्ना हुने क्रम बढेको बताए । उनले ओमिक्रोनका कारण हालसम्म कसैको पनि मृत्यु नभएको तर, अस्पताल भर्ना हुने बिरामीको सङ्ख्यामा वृद्धि भएको जानकारी दिए । साथै उहाँले कोरोनाको दुई मात्रा खोप लगाइसकेकालाई बुस्टर मात्रा लगाउन पनि आग्रह समेत गरेका छन् ।
प्रकाशित : २०७८ मंसिर २७ सोमबार