संखुवासभामा बलात्कारका घटनामा बृद्धी : इन्सेक

[sharethis-inline-buttons]

मेघराज तामाङ

संखुवासभा । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) संखुवासभाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि बार्षिक समीक्षा सम्पन्न भएको छ । जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि आइतबार सरोकारवालाबीच समीक्षा गरिएको हो ।

संखुवासभामा बलात्कार घटनामा बृद्धि भएको तथ्याङ्कले देखाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) सङ्खुवासभाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बलात्कार घटनामा बृद्धि भएको पाइएको छ ।

पछिल्लो ११ महिनाको अवधिमा ६३ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएको इन्सेक प्रतिनिधि भविन कार्कीले बताए । इन्सेक प्रतिनिधि कार्कीका अनुसार १ वर्षको अवधिमा जिल्लामा २१ जना बालिका र ८ महिला बलात्कृत भएको बताए । त्यस्तै २२ महिला घरेलु हिंसामा परेका छन् । कुटपिटका तीन वटा र बहुविवाह दुई वटा घटना र ७ जनाको हत्या भएको इन्सेकले अभिलेखिकरण गरेको उनले बताए ।

इन्सेक सङ्खुवासभाले आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रममा बालिका बलात्कार र घरेलु हिंसाका घटनामा बृद्धि भएको तथ्याङ्क सार्वजनिक गरेको हो । इन्सेकको अभिलेखमा बालिका सबै भन्दाबढी पीडित भएको उल्लेख छ । गत बर्ष जिल्लामा ३६ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएका थिए ।

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार समीक्षा कार्यक्रममा जिल्लामा बाल अधिकार र महिला अधिकारका विरूद्धका घटनामा वृद्धि भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । समीक्षामा कार्यक्रममा इन्सेक प्रतिनिधिले जिल्लामा अघिल्लो वर्ष ३६ ओटा मानव अधिकार उल्लङ्न तथा ज्यादतीका घटना अभिलेखीकरण गरिएकोमा यस वर्ष ११ महिनाको अवधिमा ६३ ओटा मानव अधिकार उल्लङ्न तथा ज्यादतीका घटना अभिलेख गरेको छ ।

मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेख राख्ने र घटना लीपीवद्ध गर्दे पुस्तक मार्फत अभिलेख राख्ने अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) मात्रै भएको जिल्ला समन्वय समितीका प्रमुख सुमन शाक्यले बताउनु भयो । अहिलेको अवस्थामा समाजमा भएका महिला बालबालिकाहरु माथि भएका घटना उजागर गर्ने महत्वपूर्ण भूमिका इन्सेकले खेलिरहेको प्रमुख शाक्यले बताउनु भयो । हिंसा बढेको भएपनि भौतिक हिंसा जिल्लामा कम भएको उहाँले बताउनु भयो । मानव अधिकार रक्षा र खवरदारीका लागि इन्सेकले जिल्लामा महत्वपूर्ण भूमिका खेलेको प्रमुख शाक्यले बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले इन्सेकले अभिलेख गरेका घटनामा थप सुधार गर्दै न्यायको पहुँचमा नभएको घटना पनि बाहिर ल्याउन इन्सेकले भूमिका खेल्न आग्रह गर्नुभयो । इन्सेकले जिल्ला भित्र घटेका घटनाको चित्रण गरेको बताउनु भयो । इन्सेकले अभिलेख गरेका घटनाले समग्र जिल्ला भित्रका घटनाको चित्रण गरेको बताउनु भयो । प्रहरी र न्यायीक समितीमा नआएका घटनाहरु इन्सेकको अभिलेखमा समट्न आग्रह गर्नुभयो । प्रहरी नपुगेका स्थानमा समेत पुगेर इन्सेकले न्याय र मानव अधिकार रक्षा गर्ने आगामी दिनमा अझै महत्वपूर्ण भूमिका खेल्नेमा आशावादी भएको बताउनु भयो ।

समीक्षा कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका सङ्खुवासभाका अध्यक्ष इन्द्र गिरीले समीक्षाले महत्वपूर्ण छलफल गरेर सुझाव समावेश गर्नु पर्ने बताउनु भयो । मानव अधिकारको क्षेत्रमा इन्सेकले सत्य तथ्य घटनालाई उजागर गर्ने काममा कहिल्यै कमि नहुने गरि काम गर्न सुझाव दिनु भयो । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ वार्षिक पुर्व समिक्षा कार्यक्रममा जिल्ला कारागारका प्रमुख जलेर विनोद अधिकारी, उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष कृष्ण भगत प्रधान, गैर सरकारी संस्था महासघंका अध्यक्ष विनोद गुरुङ पत्रकार लगायत सरोकारवाला निकायहरुको उपस्थिती रहेको थियो ।


प्रकाशित : २०७८ मंसिर २६ आईतवार