
काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनले आइतबार पनि धर्ना दिएको छ ।आइतबार पनि बारको अगुवाईमा प्रधानन्यायधिशको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा धर्ना दिइएको हो । नेपाल बारको धर्ना तथा प्रदर्शनमा कानुन व्यवसायीको उपस्थिति भने घट्दै गइरहेको छ ।
धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले कानुन व्यवसायीहरु मौन बस्दा प्रधानन्यायाधीश राणा चुपचाप बर्हिगमन नहुने भएकाले निरन्तर धर्ना दिइरहेको बताउनुभयो ।
कानुन व्यवसायीले प्रत्येक दिन १० देखि १२ बजेसम्म सर्वोच्चको मुल गेटमा धर्ना दिदै आइरहेको छ । प्रधानन्यायाधीशलाई महाभियोग लगाउनुपर्ने भन्दै यसअघि बार नेतृत्वले बिभिन्न दलका शिर्ष नेतालाई ज्ञापन पत्र समेत बुझाएको छ ।
नेपाल बारले गत कात्तिक १४ गतेदेखि निरन्तर रुपमा धर्ना तथा विरोध प्रदर्शन गर्दै आइरहेको छ ।