काँग्रेस महाधिवेशन : ५४ जनाले लिए उम्मेदवारी फिर्ता

[sharethis-inline-buttons]

काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत उम्मेदवारी मनोनयन दर्ता गराएकामध्ये ५४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

आइतबार साढे १२ बजेसम्म काँग्रेस पदापधिकारीसहित ५४ जना केन्द्रीय सदस्यले उम्मेदवारी फिर्ता लिनुभएको काँग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो ।शनिबार महाधिवेशनमा ६ जना सभापतिसहित ३९ जनाको पदाधिकारीमा उम्मेदवारी परेको थियो भने ४९९ जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको थियो ।


प्रकाशित : २०७८ मंसिर २६ आईतवार