अमेरिकाको केटकी प्रान्तमा आँधीका कारण ७० जनाको मृत्यु

[sharethis-inline-buttons]

काठमाडौं । अमेरिकाको केटकी प्रान्तमा आएको आँधीका कारण ७० जनाको मृत्यु भएको छ । केटकीका गभर्नर एन्डी बेशियरले आँधीका कारण मृत्यु हुन सक्नेको सङ्ख्या थप बढ्न सक्ने बताउनुभएको छ । अमेरिकाको विभिन्न प्रान्तमा पछिल्लो समय आँधी र वर्षाका कारण लाखौं मानिस प्रभावित भएका छन् । आँधीका कारण त्यस क्षेत्रको विद्युत, सञ्चार लगायतका सेवापनि अवरुद्ध भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।


प्रकाशित : २०७८ मंसिर २६ आईतवार