एमालेले आज स्थायी कमिटी र पोलिटब्युरो गठन गर्ने

[sharethis-inline-buttons]

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आजपनि बस्दैछ । आजको बैठकले स्थायी कमिटी र पोलिटब्युरो गठन गर्ने छ । जारी केन्द्रीय कमिटी बैठकमा पहिलो दिन हिजो १५ मध्य ९ वडा एजेन्डामा मात्रै छलफल भएको थियो ।

आजकाे बैठकमा स्थायी कमिटी, पोलिटब्युरो, सदस्य मनोनय, कार्यविभाजन लगायतबारे निर्णय हुने पार्टी कार्यालयका सचिव शेर बहादुर तामाङले जानकारी दिए । एमालेमा ४५ सदस्यीय स्थायी कमिटी र ९९ जनाको पोलिटब्युरो रहन्छ ।

यसअघि हिजो पार्टीको विधान आवश्यक सम्पादन गरि प्रकाशन गर्न र पार्टीको नियमावली संशोधन गर्न कार्यदल बनाएको छ । उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा बनाइएको तीन सदस्यीय कार्यदल कार्यदलमा नेता खगराज अधिकारी र पूर्व महान्यायाधीवक्ता रमेश बडाल रहेका छन् ।


प्रकाशित : २०७८ मंसिर २६ आईतवार