
काठमाडौं । आज देशभरको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पानि पार्ने कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । अहिले देशको पहाडी भुभागमा आशिंक बदली भइरहेको छ । दिउँसो प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । आज राती पनि प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेश बाहेका क्षेत्रको मौसम सफा रहने छ ।
प्रकाशित : २०७८ मंसिर २६ आईतवार