काठमाडौं । अन्तर्राष्ट्रिय दातृ निकायले अफगानिस्तानलाई २ सय ८० मिलियन डलर सहयोग उपलब्ध गराउन सहमत भएका छन् । विश्व बैङ्कका अनुसार संयुक्त राष्ट्र सङ्घको खाद्य र स्वास्थ्य सेवाका लागि अन्तर्राष्ट्रिय दातृ निकायले फ्रिज भएको रकममध्ये २ सय ८० मिलियन डलर अफगानिस्तानलाई उपलब्ध गराउनमा सहमति जनाएका हुन् ।
गत अगस्टमा तालिबानले सत्ता कब्जा गरेपनि अफगानिस्तानलाई दिइँदै आएको वित्तीय सहयोग रोकेको थियो । त्यसपछि अफगानिस्तान मानवीय र आर्थिक सङ्कटबाट जुझिरहेको छ । विश्व खाद्य कार्यक्रमले अफगानिस्तानको आधाभन्दा बढी जनसङ्ख्यामाथि भोकमरीको खतरा रहेको चेतावनी दिएको छ भने ३० लाख बालबालिका कुपोषणबाट प्रभावित भएका छन् ।
प्रकाशित : २०७८ मंसिर २५ शनिबार