
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीले पहिलो जित हात पारेको छ । । आज भएको खेलमा एनआरटीले सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै जित हात पारेको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा एनआरटीलाई जित दिलाउन स्टेफेन समिरले निर्णायक गोल गर्नुभयो ।
जितसँगै एनआरटी ४ खेलमा ५ अङ्क जोड्दै तालिकाको सातौं स्थानमा उक्लिएको छ । सातदोबाटोले ४ खेलमा ७ अङ्क जोडेको छ । सातदोबाटो लिग तालिकाको तेस्रो स्थानमा रहेको छ । सातदोबाटोको यो पहिलो हार हो । लिग अन्तर्गतको अर्को खेल अहिले जारी छ । हिमालयन शेर्पा क्लब र साविक विजेता मछिन्द्र क्लबबीचको खेल साँझ ४ : ४५ मा सुरु भएको हो ।
प्रकाशित : २०७८ मंसिर २५ शनिबार