शेखरको टीमबाट महामन्त्रीमा गगन थापा र मिनेन्द्र रिजालको उम्मेदवारी

[sharethis-inline-buttons]

काठमाडौं । नेपाली काँग्रेसको सभापतिको उम्मेदवार डा. शेखर कोइरालाले प्यानललै सहित उम्मेदवारी घोषणा गर्ने भएका छन् । कोइराला लगायतका टीमका नेताहरुले केहीबेरमा उम्मेदारी दर्ता गराउनका लागि भृकुटीमण्डप जाने कार्यक्रम रहेको छ ।

उनले आफु सहित दुई उम्मेदवारको टुंगो लगाइसकेका छन् । उनको टीमबाट गगन थापा र मिनेन्द्र रिजाल महामन्त्रीको उम्मेदवार हुने टुंगो लागेको छ । शनिबार शेखर पक्षको बैठकले थापा र रिजाललाई महामन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो ।


प्रकाशित : २०७८ मंसिर २५ शनिबार