रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी नदिने

[sharethis-inline-buttons]

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जारी १४औं महाधिवेशनमा उम्मदवारी नदिने भएका छन्।आफ्नो पक्षबाट सभापतिमा एक जना मात्रै उम्मेदवार उभ्याउन नसकेपछि पौडेल पछि हटेका हुन् ।

शनिबार बिहान उनको निवास बोहराटारमा भएको छलफलमा उनले उम्मेदवारी नदिने प्रस्ट पारेका हुन्।पूर्वमहामन्त्री प्रकाशमान सिंहले छुट्टै प्यानलसहित सभापतिमा उम्मेदवारी दर्ता गराउने तयारी गरेपछी पौडेल पछि हटेका उनका निकट सहयोगीले जानकारी दिएका छन् । संस्थापन इतर पक्षबाटै शेखर कोइराला पनि सभापतिमा उम्मेदवारी दिने तयारीमा छन् ।


प्रकाशित : २०७८ मंसिर २५ शनिबार