
काठमाडौं । सहिद स्मारक लिग ए डिभिजन लिग फुटबलमा आज सातदोबाटो र एनआरटी तथा हिमालयन र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो खेलमा सातदोबाटो युथ क्लब र न्युरोड टिम एनआरटी खेल्नेछन् । यो खmे दिउँसो १ बजे सुरु हुनेछ ।सातदोबाटो ३ खेलमा ७ अङ्क जोडेर तेस्रो स्थानमा छ । २ अङ्क जोडेको एनआरटी तालिकाको ११ औं स्थानमा छ ।
यस्तै दोस्रो खेलमा दिउँसो पौने ५ बजे हिमालयन शेर्पा क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ । हिमालयन ३ खेलमा २ अंक जोडेर १० औं स्थानमा छ । ३ खेलमा अपराजित रहँदै ७ अंक जोडेको मछिन्द्र चौंथो स्थानमा रहेको छ ।
प्रकाशित : २०७८ मंसिर २५ शनिबार