
काठमाडौं । साफ १९ वर्षमुनिको महिला फुटबल प्रतियोगितामा आज नेपाल र बंङ्गलादेश खेल्दैछन् । बंङ्लादेशको राजधानी ढाकामा हुने खेल बेलुकी पौने ७ बजे सुरु हुनेछ । प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, भुटान, भारत र श्रीलंकाले सहभागी छन् । राउन्ड रोबिनको आधारमा हुने खेलबाट शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् ।फाइनल खेल डिसेम्बर २१ मा हुनेछ ।
प्रकाशित : २०७८ मंसिर २५ शनिबार