ओमिक्रोनबाट बच्न कोरोनाविरुद्धको खोपको दुई मात्रा अपुग भएको अनुसन्धानकर्ताको चेतावनी

[sharethis-inline-buttons]

काठमाडौं । ओमिक्रोन भेरियन्टबाट बच्न कोरोना भाइरसविरुद्धको खोपको दुई मात्रा अपुग भएको अनुसन्धानकर्ताले चेतावनी दिएका छन् । बेलायतमा गरिएको अनुसन्धानले कोरोनाविरुद्धको दुई मात्रा खोप ओमिक्रोन भेरियन्टबाट बच्न अपुग भएको देखाएको बीबीसीले जनाएको छ । तर बुस्टर अर्थात तेस्रो मात्राको खोप लगाउँदा ७५ प्रतिशत व्यक्तिमा सङ्क्रमणको नदेखिएको वैज्ञानिकले बताएका छन् ।

यसको अर्थ तेस्रो मात्रा खोप ओमिक्रोन भेरियन्टविरुद्ध प्रभावकारी हुने उनीहरुको भनाइ छ ।यसअघि फाइजर एण्ड बायोएनटेकले आफूहरुको खोप फाइजरको तेस्रो मात्रा ओमिक्रोनविरुद्ध प्रभावकारी देखिएको बताएको थियो ।दक्षिण अफ्रिकामा पहिलोपटक देखिएर हाल विश्वका विभिन्न देशमा फैलिने क्रममा रहेको ओमिक्रोन भेरियन्ट अहिलेसम्म सबैभन्दा बढी उत्परिवर्तन भएको अनुसन्धानकर्ताले बताउँदै आएका छन् ।


प्रकाशित : २०७८ मंसिर २५ शनिबार