
काठमाडौं । नेकपा एमालेको सचिवालय र केन्द्रिय कमिटिको बैठक आज बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहान ११ बजे सचिवालय बैठक बस्ने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङ्ले जानकारी दिनुभयो । त्यसपछि दिउँसो १ बजे केन्द्रिय कमिटी बैठक बस्ने तयारी रहेको उहाँले बताउनुभयो ।
गठ्ठाघरस्थित एक रिसोर्टमा बस्ने बैठकले स्थायी समिति र पोलिटब्यूरो गठन गर्नेछ । यस्तै सदस्यहरुको कार्यविभाजन गर्ने र पार्टीको आगामी कार्ययोजनाबारेमा छलफल हुने छ । बैठकले जिल्ला र प्रदेश अधिवेशन पनि गर्न बाँकी रहेकाले त्यसको समयसीमा पनि निर्धारण गर्ने तामाङ्ले बताउनुभयो ।
प्रकाशित : २०७८ मंसिर २५ शनिबार