माओवादी केन्द्रको प्रदेश सम्मेलन आज, अध्यक्ष प्रचण्डले भर्चुअल उद्घाटन गर्ने

[sharethis-inline-buttons]

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को प्रदेश सम्मेलन आज हुँदैछ । सात भौगोलिक,उपत्यका विशेष प्रदेश र सम्पर्क प्रदेश समिति गरी ८ वटा सम्मेलन सुरु हुन लागेको माओवादीको केन्द्रिय निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिउँसो १ बजे सम्मेलनको भर्चुअल उद्घाटन गर्नुहुनेछ ।

उद्घाटन सत्र सकिएलगत्तै बन्दसत्र सुरु हुने उहाँले बताउनुभयो । त्यसपछि निर्वाचन प्रक्रिया सुरु गर्ने तयारी भएको उहाँले जानकारी दिनुभयो । सम्मेलनबाट नौ पदाधिकारीसहितको समिति चयन हुनेछ । प्रदेश समिति अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी हुनेछन् । माओवादीले यसअघि यही मङ्सिर ११ गते पालिका सम्मेलन सम्पन्न गरेको थियो । माओवादीको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ ।


प्रकाशित : २०७८ मंसिर २५ शनिबार