देशका अधिकांश स्थानमा आशिंक बदली, पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना

[sharethis-inline-buttons]

काठमाडौ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश स्थानमा आंशिक बदली रहने जनाएको छ । प्रदेश १, गण्डकी र बागमती प्रदेशमा आंशिक बदली रही अन्यत्र मौसम सफा रहने महाशाखाको भनाइ छ । पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी र बागमतीका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । प्रदेश २, लुम्बीनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशकको पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ । उच्च पहाडी भूभागमा हिमपात तथा तराईका भू–भागमा बिहानको समयमा हुस्सु र कुहिरो लाग्ने भएकाले चिसो बढ्ने महाशाखाले जनाएको छ ।


प्रकाशित : २०७८ मंसिर २५ शनिबार