माग सम्बोधन नभए सडकमा उत्रिने ठाकुरको चेतावनी

[sharethis-inline-buttons]

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले आफूहरुको माग सम्बोधन नभए सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् । शुक्रबार नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लोसपा अध्यक्ष ठाकुरले संविधानप्रति आफूहरुको असन्तुष्टि कायमै रहेको बताए । ‘हामी हाम्रो समस्याको सम्बोधन चाहन्छौं । होइन भने ज्वालामुखी जस्तै विस्फोट हुन्छ, हामी फेरि सडकमा उत्रन बाध्य हुन्छौं ’ उनको भनाई थियो ।

 


प्रकाशित : २०७८ मंसिर २४ शुक्रबार