नेपाली क्रिकेटको मुख्य प्रशिक्षकमा दासानायके नियुक्त

[sharethis-inline-buttons]

काठमाडौं । नेपाली क्रिकेटको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके नियुक्त हुनुभएको छ । नेपाल क्रिकेट सङ्घ क्यानको प्रशिक्षक छनोट समितिले दासानायकेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । यसअघि दासानायके सन् २०११ देखि २०१५ सम्म नेपालका मुख्य प्रशिक्षकको रुपमा हुनुहुन्थ्यो । मुख्य प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिएपछि नेपाली टिम मुख्य प्रशिक्षक विहिन थियो ।


प्रकाशित : २०७८ मंसिर २४ शुक्रबार