
काठमाडौं । मनाङ मस्र्याङ्दी क्लब सहिद स्मारक लिग ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा आज फ्रेन्ड्स क्लबलाई २ – ० गोल अन्तरले पराजित गर्दै मनाङ शीर्ष स्थानमा उक्लिएको हो । यस जितसँगै मनाङले ४ खेलमा १० अंक जोडेको छ । मनाङको यो तेस्रो जित हो । फ्रेन्ड्स ४ खेलमा २ अंक जोडेर दशौँ स्थानमा रहेको छ । फ्रेन्ड्सको यो दोस्रो हार हो । खेलमा मनाङका ओलावाले म्यान अफ दि म्याच चुनिनुभएको छ ।
प्रकाशित : २०७८ मंसिर २४ शुक्रबार