अब राजतन्त्र फर्किने कुनै सम्भावना छैन -माधव नेपाल

[sharethis-inline-buttons]

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा अब राजतन्त्र फर्किने कुनै सम्भावना नभएको बताउनुभएको छ । उहाँले बरु पार्टी खोल्न वा व्यापारमा लाग्न सुझाव पनि दिनुभयो । काँग्रेसको १४औं महाधिवेशनको उद्घाटन समाहरोहलाइ स्मबोधन गर्दै नेता नेपालले नेपालमा राजतन्त्रको कुनै भविष्य नभएको बताउनुभयो ।

सम्बोधनको अधिकांश समय उहाँले पुर्वराजाको आलोचना गर्नमा खर्च गर्नुभएको थियो । राज्य सत्ता र पार्टी भित्र विकृति रहेको नेपालको भनाइ थियो । विकृतिका बाहकहरुले फैलाइराख्ने र आफूहरु टुलुटुलु हेरर बस्न हुन नसक्ने नेता नेपालको भनाइ रहेको थियो । साँचो अर्थमा लोकतन्त्र चाहने हो भने लोकतन्त्रका मूल्य र मान्यता आत्मसात गर्नुपर्ने उहाँले बताउनुभयो ।


प्रकाशित : २०७८ मंसिर २४ शुक्रबार