
काठमाडौं । पछिल्लो २४ घण्टामा मूलुकभर थप २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार ४ सय ७२ जनामा गरिएको पीसीआर परीक्षणबाट २ सय ३२ र ४ हजार १५ जनामा गरिएको एन्टिजेन परीक्षणबाट २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हो ।
पछिल्लो २४ घण्टामा ३ सय ३७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएसंगै नेपालमा कोरोना संक्रमणका कारण ११ हजार ५ सय ५२ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित : २०७८ मंसिर २४ शुक्रबार