नेता गाउँ जाँदा जनताले कुन चोर आएछ भन्न थाले -राजेन्द्र लिङदेन

[sharethis-inline-buttons]

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नव निर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले जनताले नेतालाई चोर भन्न थालेको बताएका छन् । शुक्रबार नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना मन्तव्य राख्दै लिङदेनले नेताले जनताको विश्वास गुमाएको बताए।

यस्तो अवस्थामा आउनुमा सबै नेता दोषी रहेको उहाँको भनाइ थियो। “पहिले गाउँमा जाँदा नेता आउनु भयो भन्ने गरिन्थ्यो, अहिले कुन चोर आएछ भन्ने गरेका छन्।” उनले भने ।

महाधिवेशनलाई नेतृत्वको छवि सुधार्ने अवसरका रूपमा लिन पनि आग्रह गरे । उनले विगतका गल्ती कमजोरीहरूलाई सुधारेर अघि बढ्नुपर्ने बताउँदै देशमा राजसंस्था जरुरी रहेको पनि बताए ।


प्रकाशित : २०७८ मंसिर २४ शुक्रबार